योग र ध्यानको ज्ञान: आत्म-चेतनादेखि बुद्धत्वसम्मको यात्रा (The Knowledge of Yoga and Meditation: A Journey from Self-Awareness to Enlightenment)
DOI:
https://doi.org/10.3126/irjmmc.v6i1.78246Keywords:
योग, ध्यान, स्वास्थ्य, अभ्याससमग्रता, yoga, meditation, health, practice, HolismAbstract
यस अध्ययनको उद्देश्य योग र ध्यानको ऐतिहासिक, दार्शनिक र व्यावहारिक पक्षहरूको गहिरो विश्लेषण गर्नु हो, विशेष गरी नेपालमा । यस अध्ययनले योग र ध्यानका विभिन्न विधिहरूको महत्त्व र तिनीहरूको जीवनमा सकारात्मक प्रभावको बारेमा जानकारी प्रदान गर्न खोजेको छ। विधिमा साहित्यिक समीक्षा र विभिन्न योग संस्थाहरूको गतिविधिहरूको अवलोकन समावेश गरिएको छ, जस्ले योग र ध्यानको अभ्यासमा रहेका विविधता र तिनीहरूको प्रभावलाई उजागर गर्दछ। मुख्य प्राप्तिहरूमा योग र ध्यानको अभ्यासले मानसिक शान्ति, शारीरिक स्वास्थ्य र समग्र जीवनशैलीमा सुधार ल्याउने क्षमता रहेको छ। अध्ययनले विभिन्न योग विधिहरू जस्तै हठ योग, राज योग र प्राणायामको महत्त्वलाई पनि उल्लेख गर्दछ। यसले ध्यानको अभ्यासलाई मानसिक स्वास्थ्यको लागि अनिवार्य साधनको रूपमा प्रस्तुत गर्दछ। निष्कर्षमा, योग र ध्यानलाई आत्मा र शरीरको एकता र समग्र स्वास्थ्यको लागि अनिवार्य अभ्यासको रूपमा मानिन्छ । सबै ध्यानाहरु योग अन्तर्गत पर्दछन् तर सबै योगहरु ध्यान अन्तर्गत पर्दैनन् । यस अध्ययनले सुझाव दिन्छ कि व्यक्तिहरूलाई नियमित रूपमा योग र ध्यानको अभ्यास गर्न प्रोत्साहित गर्नुपर्छ, विद्यालय र समुदायमा यसको शिक्षालाई समावेश गर्नुपर्छ, र यस क्षेत्रमा थप अनुसन्धानको आवश्यकता छ । यसले योग र ध्यानको फाइदाबारे जनचेतना बढाउने र तिनीहरूको अभ्यासलाई प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण कदम हुनेछ । [
The objective of this study is to conduct an in-depth analysis of the historical, philosophical, and practical aspects of yoga and meditation, particularly in the context of Nepal. The study aims to provide insights into the significance of various yoga and meditation practices and their positive impacts on life. The methodology includes a literature review and observation of activities from different yoga institutions, highlighting the diversity of practices and their effects. Key findings indicate that the practice of yoga and meditation has the potential to enhance mental peace, physical health, and overall lifestyle improvement. The study also emphasizes the importance of various yoga forms such as Hatha Yoga, Raja Yoga, and Pranayama. It presents meditation as an essential tool for mental health. In conclusion, yoga and meditation are regarded as essential practices for the unity of the soul and body, as well as for overall health. The study suggests that individuals should be encouraged to practice yoga and meditation regularly, incorporate their teachings in schools and communities, and recognize the need for further research in this area. This would be a significant step towards raising awareness about the benefits of yoga and meditation and promoting their practice.]
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 International Research Journal of MMC (IRJMMC)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.