सिन्धुपाल्चोक जिल्लामा प्रचलित असारे गीतमा प्रगतिशीलता (Asare Songs prevalent in Sindhupalchok District)
DOI:
https://doi.org/10.3126/irjmmc.v6i5.89027Keywords:
असारे गीत, आली, बाउसे, ब्याडे, बेठी, प्रगतिशीलताAbstract
सिन्धुपाल्चोक जिल्लामा प्रचलित असारे गीतमा प्रगतिशीलताको खोजी गर्नु यस अध्ययनको मुख्य विषय हो । यसै सन्दर्भमा सिन्धुपाल्चोक जिल्लामा प्रचलित असारे गीतमा के कस्तो प्रगतिशील चेत कसरी प्रयोग भएको पाइन्छ भन्ने मूल समस्याको समाधान गर्ने उद्देश्य यसमा रहेको छ । यसमा निगमनात्मक विधिको उपयोग गरिनुका साथै पाठविश्लेषण पद्धतिको प्रयोग गरी गीतको अध्ययन गरिएको छ । क्षेत्रीय भ्रमणबाट प्राथमिक स्रोत सामग्री र पुस्तकालयबाट द्वितीयक स्रोत सामग्रीको सङ्कलन गरिएको छ । यहाँ प्रगतिवादी सिद्धान्तबाट सैद्धान्तिक आधार तय गरिएको छ । यसै सैद्धान्तिक अवधारणको आलोकमा वर्गीय उत्पीडनको प्रस्तुति, जातीय तथा लैङ्गिक विभेदको प्रस्तुति, पितृसत्तावादले निम्त्याएको समस्याको उजागर, सामाजिक तथा संस्कृतिक पहिचानको खोजी, प्रकृति र श्रमप्रति सम्मान भाव प्रकट र सङ्घर्षको निरन्तरता, मानवीय जीवनलाई खुसी र सुखी बनाउने चाह प्रकट गरी यी छओटा आधार तय गरी सिन्धुपाल्चोक जिल्लामा प्रचलित असारे गीतको विश्लेषण गरिएको छ । उक्त विश्लेषणका आधारमा सिन्धुपाल्चोक जिल्लाको लोकसमाजमा गाइने असारे गीतमा प्रगतिशीलचेत सशक्त रहेको निष्कर्ष निकालिएको छ । [The Main subject of this study is to explore the progressiveness in the Asare songs prevalent in Sindhupalchok district. In this context the main objective of this study is to address the central problem of how and what kinds of progressive consciousness are reflected in the Asare songs prevalent in Sindhupalchok district. Along with the use of the deductive method, the study has been conducted by applying the text analysis (meta) approach. Primary source materials have been collected through field visits and secondary Source Materials have been gathered from the library. Here the theoretical Framework has been developed based on the progressive theory. In the light of this theoretical concept six bases have been developed to analyze the Asare songs prevalent in Sindhupalchok district. These include: the representation of class oppression, they depiction of ethnic and gender discrimination, the exposure of problems caused by patriarchy, the search for social and cultural identity, the expression of respect toward nature and labor and the revelation of continuous struggle along with the desire to make human life happy and prosperous .Based on this analysis, it has Been concluded that the Asare songs sung in the folk society of Sindhupalchok district contain a strong Sense of progressive consciousness.]
Downloads
References
१. अधिकारी, भरतमोहन (२०७३). माक्र्सवादको पहिलो पुस्तक. (तेस्रो संस्क.), काठमाडौंः खोजी प्रकाशन ।
गिरी, जीवेन्द्र देव (२०७२). नेपाली लोकवार्ता. काठमाडौंः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
२. घले, गजे (सन् २०२१). कृषि सभ्यताका आकर्षक पक्ष असारे गीत र बेठी बाजा, (सम्पादकीय). Sahityssagar.net, July 9.
३. ढकाल, घनश्याम (२०८०). माक्र्सवादी सौन्दर्यशास्त्रको विवेचना. सम्पा. निनु चापागाईं र बन्दना ढकाल. काठमाडौंः ढकाल सांस्कृतिक प्रतिष्ठान ।
४. त्रिपाठी, सुधा (सन् २०१२). नेपाली उपन्यासमा नारीवादः पद्धति र प्रयोग. काठमाडौँः भृकुटी एकेडेमिक पब्लिकेसन्स ।
५. पराजुली, कृष्णप्रसाद (२०७८). असार र असारे गीतको महत्त्व. Voiceofkathmandu.com .
६. पराजुली, मोतीलाल र जिवेन्द्रदेव गिरी (२०६८). नेपाली लोकसाहित्यको रूपरेखा. (दोस्रो संस्क.), ललितपुरः साझा प्रकाशन ।
७. पाण्डेय, ताराकान्त (२०८२). माक्र्सवादी साहित्य र संस्कृति चिन्तन. काठमाडौंः भुँडीपुराण प्रकाशन ।
८. पौड्याल शिवप्रसाद (२०७९). लोकसाहित्यको अध्ययनका प्रमुख पद्धति. रत्न बृहत् नेपाली समालोचना भाग–३, सम्पा. राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतम. काठमाडौंः रत्न पुस्तक भण्डार ।
९. पौड्याल, सालिकराम (सन् २०२१). रूपन्देही जिल्लामा प्रचलित लोकगीतको अध्ययन. Butwal Campus Journal. 4(1-2), Pp. 147-160, July-December.
१०. बुढाथोकी, सिन्धु जलेसा (२०७८). असारमा कृषि कर्म र असारे गीतको सान्दर्भिकता. Onlinekhabar. Com, असार २१ ।
११. भण्डारी, जगदीशचन्द्र (२०७५). सौन्दर्यको अन्वीक्षण. काठमाडौंः मुन्नी भण्डारी ।
१२. भट्टराई, प्रभा (२०८०). असारे गीत एक जीवन्त साहित्य. Gorkhapatraonline.com, असार १६ ।
१३. भट्टराई, रमेशप्रसाद (२०७८). आधुनिक नेपाली उपन्यासको सांस्कृतिक (वर्गीय, लैङ्िगक र जातीय) विश्लेषण. काठमाडौंः भुँडीपुराण प्रकाशन ।
१४. लामिछाने, कपिलदेव (२०७७ क). लोकसाहित्य सिद्धान्त. काठमाडौंः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
१५. लामिछाने, मनोहर (२०७७ ख). खसानी लोकगीतमा प्रगतिशीलता. www.neaplisahityaghar.Com, फाल्गुन २९ ।
१६. सङ्गीत श्रोता (२०७०). दलित सौन्दर्यशास्त्रका आधार. दलित सौन्दर्यबोध. सम्पा. राजेन्द्र महर्जन, ललितपुरः समता फाउन्डेसन ।
१७. सिटौला, राममणि (२०८१). असारे गीतमा झल्किएको कृषि समाज. Nepalsamaya.com, असार १० ।
Downloads
Published
Issue
Section
License
Copyright (c) 2026 International Research Journal of MMC (IRJMMC)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.


