'रातो वर्षा' कथामा सामाजिक वास्तविकता

Social Reality in 'Rato Barsha' Story

Authors

  • Maya Aryal Upadhyaya

DOI:

https://doi.org/10.3126/irjmmc.v6i4.85233

Keywords:

the immunity social facts, evaluation, revelation, analysis, workers

Abstract

प्रस्तुत अध्ययन पत्रमा श्रेयज सुवेदीको बहुरूपी (२०८१) कथासङ्ग्रहमा सङ्ग्रहित ‘रातो वर्षा’ कथालाई कार्यस्थलका रूपमा लिएर यसमा अभिव्यक्त सामाजिक तथ्यहरूका कारण पात्रका जीवनमा देखिएका क्रियाकलापहरूको निरूपण गरिएको छ । सामाजिक तथ्य भनेको व्यक्तिभन्दा भिन्न स्थानमा रहेर समाज निर्माण तथा नियन्त्रण, परिवार निर्माण तथा नियन्त्रण गर्ने धार्मिक, शैक्षिक, सामूहिक मूल्यमान्यता स्थापित गर्ने, चेतना प्रवाह तथा समाजलाई सिलसिलाबद्ध रूपमा अगाडि बढाउने शक्ति हो । ‘रातो वर्षा’ कथामा आएका पात्रहरूका क्रियाकलाप, घटना र चिन्तन एवम् विचारधाराहरूसँग सँगै रहेर कथामा अवस्थित परिवेशगत अवस्था, भौगोलिक, सांस्कृतिक, प्राकृतिक तथा सामाजिक पहिचानको सूक्ष्म अध्ययन गरी तिनका आधारमा कथामा प्रयुक्त सामाजिक वास्तविकताको विश्लेषण गर्नु यस अध्ययनको मूल उद्देश्य रहेको छ । दुर्खिम (सन् १९८२) को आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक अध्ययन अन्तर्गत ‘रातो वर्षा’ कथाको पाठगत विश्लेषण गरिएको छ । यस क्रममा कथामा प्रयुक्त सामाजिक तथ्यको मूल्याङ्कनका निमित्त समाजमा यान्त्रिक र जैविक सङ्घीभाव सिर्जना गर्न भौतिक सामाजिक र अभौतिक सामाजिक तथ्यका दुई ओटा उपकरणलाई विश्लेषणको मुख्य आधार बनाइएको छ । यस अध्ययनमा धर्ती र आकाशमा गरिएको पितृसत्तात्मक सामाजिक परम्परामा आधारित सामाजिक व्यवस्थाले गरेको लैङगिक विभेद तथा रूढिवादी मूल्यमान्यताले निम्त्याएका परिस्थितिहरूको खोजी गरिएको छ । ‘रातो वर्षा’ कथामा सामाजिक तथ्यहरूको प्रयोग गरेर कथाकारले सर्वहारा वर्ग अर्थात् नारीहरूलाई समान व्यवहार गर्नु एवम् न्याय दिनुको साटो अग्ला–अग्ना विभेदका पर्खालहरू खडा गरी उच्च वर्गले सर्वहारा वर्ग एवम् नारीहरूलाई विभेदयुक्त व्यवहार गर्दै विभेदजन्य व्यवहारलाई नै प्रश्रय दिएको तथ्य निष्कर्ष निकालिएको छ । यसै कारण श्रेयज सुवेदीको ‘रातो वर्षा’ कथाका सामाजिक तथ्यहरूले वर्तमान सन्दर्भमा समाजलाई एकीकृत र शक्तिशाली बनाउनुको साटो प्रभुत्वशाली वर्ग, पितृसत्तात्मक सामाजिक संरचनाले श्रमिक र नारीवर्गलाई गर्ने व्यवहारले नारी र श्रमिकहरू समाजमा सधैं शोषित हुन परेको यथार्थलाई जीवन्त एवम् संवेदनशील तरिकाले सम्प्रेषण गर्न सक्षम भएको देखिन्छ । [

multiplectic factors has been made by the characteristic of the character of the character. Social fact is the power to establish a society, developing and controlling and controlling, awareness, and the society that builds the society. Studying the activities of the characters in the story, the activities of the characters in the story, the activities of the characters in the story, and the locals are intended to establish the context of the global workplace. The basic recognition of the mutual beliefs of the Sixima (1982), under the qualitative study, the red-year-old is analyzed. In this process, two equipment from the analysis of physical social and unitary federations in the story of the Social Fact is to create a mechanical and unitary social fact in the society. This study has been searched for the situations that the strenologically discrimination and conservative values ​​committed by the social traditions based on the sky and the sky in the sky. Using social facts in the Rato Barsha story using social facts, the narrator stood the proletariatly squares and women discriminals.]

Downloads

Download data is not yet available.

Downloads

Published

2025-10-31

How to Cite

Aryal Upadhyaya, M. (2025). ’रातो वर्षा’ कथामा सामाजिक वास्तविकता: Social Reality in ’Rato Barsha’ Story. International Research Journal of MMC (IRJMMC), 6(4), 23–30. https://doi.org/10.3126/irjmmc.v6i4.85233

Issue

Section

Articles