'पसिनाको घर’ कवितासङ्ग्रहभित्रको पञ्चप्रेम {Panchaprem in the poetry collection "Pasinakoghar"}

Authors

  • Madhusudan Lamichhane Baneshwor Multiple Campus, Kathmandu
  • Dasarath Neupane Baneshwor Multiple Campus, Kathmandu

DOI:

https://doi.org/10.3126/irjmmc.v5i1.62894

Keywords:

अभिव्यक्त, विषयानन्द, शून्यान्त, महिमामयी, मात्सर्य, गार्हस्थ्य, कर्मस्थल, Expressive, Contented, Empty, Glorified, Greedy, Domestic, Workplace

Abstract

‘पसिनाको घर’ कवितासङ्ग्रहभित्रका बयालिसवटा कविताहरूमध्ये पाँचवटा कविता ‘आकाशजस्तो प्रेम’, ‘मित्रता र प्रेम’, ‘नबुझेको प्रेम’, ‘अलिखित प्रेम’ र ‘हाम्रो प्रेम’ शीर्षकका कवितामा आत्मिक प्रेमका बोरमा चर्चा गर्नु नै यस लेखको मूल मर्म हो । उपर्युक्त कविताहरूभित्र अभिव्यक्त आत्मिक प्रेम पक्षको पहिचान गरी विश्लेषण गर्नु यस लेखको मूल उद्देश्य हो । पुस्तकालयमा गई पूर्वीय दर्शनसँग आबद्ध भएका पुस्तकहरूको पठनविधि प्रयोग गरी कविताभित्र उल्लेख भएको आत्मिक प्रेमको पक्षलाई कविताको विश्लेषण विधिका आधारमा लेख तयार गरिएको छ । पसिनाको घरभित्र कवितासङ्ग्रहभित्रका प्रेमपरक पाँचवटा कविताहरूलाई प्राथमिक स्रोतका रुपमा मानिएको छ । आत्मिक प्रेम सम्बन्धी उल्लेख भएका आध्यात्मिक सामग्रीहरूलाई सहयोगी सामग्रीका रुपमा अपनाइएको छ । आत्मिक प्रेमको चर्चा गर्ने क्रममा कवितासङ्ग्रहमा उल्लेख गरिएका उपर्युक्त शीर्षकका पाँचवटा कविताहरूमा के कस्तो खालको प्रेमपरक भाव व्यक्त भएको छ, प्रेमका सम्बन्धमा भोग्नु परेका सस्याहरू, नारीको अवमूल्यन गरिएका प्रसङ्गहरू, सुन्दर सपनाहरु साकार पार्नका लागि नारीद्वारा गरिने निरन्तर गरिने सङ्घर्ष, नारीले भोग्नु परेका बाधा तथा व्यवधानहरू, सङ्घर्षका पाटाहरू र भौतिक सम्पन्नतातिर दौडिरहेको आजको समाज र उनीहरुका अतृप्त चाहनाहरूकै कारणले असन्तुष्ट मनहरूको उल्लेख गर्दै आत्मिक प्रेमको उजागर गर्न खोजिएको छ । वास्तवमा उक्त पाँचवटा कविताभित्र सामाजिक समस्या, नारीप्रतिको दृष्टिकोण, नारीलाई भोग्यका रुपमा व्यक्त गरिएका प्रसङ्गहरू उल्लेख गर्दै आत्मिक प्रेमको उजागर गर्ने प्रयत्न गरिएको छ । पाँचवटै कविताहरूका माध्यमबाट आत्मिक प्रेमका बारेमा खोजी गरिएकोले आजको समाजमा आत्मिक प्रेमको अनुसन्धान गर्ने व्यक्तिहरूका लागि पनि प्रस्तुत लेख जीवनोपयोगी हुने छ ।

{The primary objective of this article is to delve into the theme of spiritual love within five selected poems from the "Pasinako Ghar" poetry collection. The poems under examination include "Akash Jasto Prem," "Mitrata ra Prem," "Nabujheko Prem," "Alikhit Prem," and "Hamro Prem." The fundamental aim is to identify and thoroughly analyze the representation of spiritual love in these particular poems. This article has been crafted through an analysis approach focusing on the theme of spiritual love as expressed in the poem. The methodology employed involves a thorough examination of literature related to ancient philosophy, utilizing resources available in the library. The primary focus is on five love poems featured in the 'Pasinako Ghar' poetry anthology, which are regarded as the main sources for this exploration. The article has utilized supportive materials related to spiritual love to explore the concept in the poems. The article aims to highlight the various dimensions of profound love expressed in these poems, including the struggles faced in love, the societal expectations related to love, the challenges and conflicts encountered by women in expressing their desires, the continuous struggles initiated by women for shaping beautiful dreams, and the constant societal conflicts and materialistic pursuits that have left today's society and individuals dissatisfied. In essence, the article seeks to shed light on the portrayal of spiritual love amidst social issues, the perspectives on women, the obstacles faced by women in enjoying love, and the unfulfilled desires due to contemporary societal and individual dissatisfaction. The exploration of these themes within the context of the five mentioned poems serves as a valuable resource for individuals in contemporary society who are interested in delving into the realm of spiritual love.}

Downloads

Download data is not yet available.

Downloads

Published

2024-03-01

How to Cite

Lamichhane, M., & Neupane, D. (2024). ’पसिनाको घर’ कवितासङ्ग्रहभित्रको पञ्चप्रेम {Panchaprem in the poetry collection "Pasinakoghar"}. International Research Journal of MMC (IRJMMC), 5(1), 24–31. https://doi.org/10.3126/irjmmc.v5i1.62894

Issue

Section

Articles