‘पृथु’ महाकाव्यमा प्रयुक्त महत्वपूर्ण पक्षहरूको मूल्याङ्कन (An evaluation of the significant aspects used in the epic 'Prithu')

Authors

DOI:

https://doi.org/10.3126/irjmmc.v6i1.78245

Keywords:

शासक, राष्ट्रप्रेम, अहङ्कार, युद्धवर्णन, षड्यन्त्र, ruler, patriotism, arrogance, war depiction, conspiracy

Abstract

‘पृथु’ महाकाव्य महाकवि सीताराम अधिकारीद्वारा २१ वटा सर्गमा रचना गरिएको ऐतिहासिक महाकाव्य हो । महाकाव्यभित्र चर्चित नेपालको पहिचान, प्राचीन नेपालको स्वरूप, खण्डित नेपालको अवस्था, ,शासकका कुकृत्य, क्रान्तिको आवश्यकता, नेपालमाथि षडयन्त्रकारीको दृष्टि, न्यायिक विचलन, स्वार्थी र अहङ्कारी प्रवृत्ति, मानवमा आसुरी भाव, युद्धवर्णन, राष्ट्रप्रेम, नीति चेतना, राष्ट्रिय एकताको आवश्यकता, परोपकार र मानवतावादी भावना, आध्यात्मिक ज्ञान तथा पौराणिक प्रसङ्ग, मातृमहिमा, प्रकृति चित्रण र राजा पृथुका प्रवृत्ति, देहावसान र अमरताका क्षेत्रमा दिइएको सन्देशका बारेमा चर्चा गर्नु नै यस लेखको मूल मर्म हो । उपर्युक्त विषयवस्तुसँग सम्बन्धित पद्यहरूका आधारमा वास्तविकताको बोध गराउँनु नै यस लेखको मूल उद्देश्य हो । पुस्तकालयमा गई सम्बन्धित व्यक्तिको कृतिको पठनविधि प्रयोग गरी ‘पृथु’ महाकाव्यभित्र उल्लेख भएका उपर्युक्त पक्षलाई पद्य विश्लेषण विधिका आधारमा प्रस्तुत रचना तयार गरिएको छ । ‘पृथु’ महाकाव्यभित्रका माथि उल्लेखित विषयवस्तुहरूलाई प्राथमिक स्रोतका रूपमा मानिएको छ । प्रस्तुत महाकाव्यमा नेपालको पहिचानदेखि राजा पृथुका प्रवृत्ति, देहावसान र अमरतासम्मका १८ वटा विषयवस्तुसँग सम्बन्धी उल्लेख भएका विविध सामग्रीहरूलाई सहायक सामग्रीका रूपमा अपनाइएको छ । प्रस्तुत महाकाव्यमा नेपालको पहिचान, प्राचीन नेपालको स्वरूप, खण्डित नेपालको अवस्था, शासकको कुकृत्य, क्रान्तिको आवश्यकता, नेपालमाथि षडयन्त्रकारीको दृष्टि, न्यायिक विचलन, स्वार्थी र अहङ्कारी प्रवृत्ति, मानवमा आसुरी भाव, युद्धवर्णन, राष्ट्रप्रेम, नीति चेतना, राष्ट्रिय एकताको आवश्यकता,परोपकार र मानवतावादी भावना, आध्यात्मिक ज्ञान तथा पौराणिक प्रसङ्ग, मातृमहिमा, प्रकृति चित्रण र राजा पृथुका प्रवृत्ति, देहावसान र अमरताजस्ता विषयहरूको सन्देश के कसरी प्रस्तुत भएको छ, ? अखण्ड, सवल र सक्षम राष्ट्र निर्माणका लागि के कस्ता कार्य हुनु आवश्यक छ ? राष्ट्रिय एकता के कसरी गर्न सकिन्छ ? जस्ता विषयसँग सम्बद्ध पद्यहरूको चर्चा गर्न खोजिएको छ । पद र प्रतिष्ठाको दुरूपयोग गर्ने, राष्ट्रोन्नतिका लागि वाधक बन्ने प्रवृत्तिलाई हतोत्साहित गर्दै समुन्नत राष्ट्र निर्माणका निम्ति र राष्ट्रलाई अखण्ड एवं स्वाभिमानी बनाउँने प्रसङ्गहरू उल्लेख गर्दै राष्ट्रप्रेमका भावनाहरूलाई उजागर गर्ने प्रयत्न गरिएको छ । प्रस्तुत लेख वर्णित विषयहरूका माध्यमबाट आजको राष्ट्रप्रति समस्त मानवको कर्तव्यबोधका बारेमा उल्लेख गरिएकोले ‘पृथु’ महाकाव्यको अध्ययन एवं अनुसन्धान गर्ने अनुसन्धाताहरूका लागि पनि प्रस्तुत लेख्य सामग्री उपयोगी हुने छ । [

The epic Prithu is a historical work composed by poet Sitaram Adhikari in 21 cantos. This article focuses on evaluating the significant themes presented within the epic, including Nepal's identity, the ancient form of Nepal, the fragmented state of the nation, the misdeeds of rulers, the need for revolution, conspiracies against Nepal, judicial deviations, selfish and arrogant tendencies, demonic traits in humans, depictions of war, patriotism, moral consciousness, the necessity of national unity, altruism and humanitarian sentiments, spiritual knowledge and mythological references, maternal glory, depictions of nature, the attributes of King Prithu, his demise, and the message of immortality. The primary objective of this article is to provide a sense of reality based on the poetic verses related to the aforementioned topics. Using the reading methodology of the poet’s work in libraries, this study analyzes the mentioned aspects of the epic using the method of verse analysis. The subjects discussed in the epic are considered as primary sources, while supporting materials related to the 18 topics mentioned — from Nepal's identity to the attributes, demise, and immortality of King Prithu — have been adopted as auxiliary resources. The epic sheds light on themes such as Nepal's identity, the ancient form of Nepal, the fragmented state of the nation, the misdeeds of rulers, the necessity of revolution, conspiracies against Nepal, judicial deviations, selfish and arrogant tendencies, demonic traits in humans, depictions of war, patriotism, moral consciousness, the necessity of national unity, altruism and humanitarian sentiments, spiritual knowledge and mythological references, maternal glory, depictions of nature, and the attributes, demise, and immortality of King Prithu. The article seeks to explore how these themes are presented, the necessary steps for building a unified, strong, and capable nation, and the means to achieve national unity. By discouraging tendencies that misuse power and prestige or hinder national development, the article highlights instances that promote the construction of a prosperous, sovereign, and unified nation while emphasizing patriotism. Through these themes, this article aims to instill a sense of responsibility among all individuals toward the nation today. It also serves as a useful resource for researchers studying or conducting research on the epic Prithu.]

Downloads

Download data is not yet available.

Downloads

Published

2025-05-08

How to Cite

Lamichhane, M., & Neupane, D. (2025). ‘पृथु’ महाकाव्यमा प्रयुक्त महत्वपूर्ण पक्षहरूको मूल्याङ्कन (An evaluation of the significant aspects used in the epic ’Prithu’). International Research Journal of MMC (IRJMMC), 6(1), 311–338. https://doi.org/10.3126/irjmmc.v6i1.78245

Issue

Section

Articles