“वाणीका बान्की” भित्र नीतिपरक सन्देशहरू [Ethical Messages within 'Vaanika Baanki']
DOI:
https://doi.org/10.3126/irjmmc.v5i4.70829Keywords:
क्षमाशीलता, सदाचार, आत्माभिमानी, सर्वोत्कृष्ट, जीवनोपयोगी, Forgiveness, Virtue, Self-respect, Excellence, Useful for LifeAbstract
‘वाणीका बान्की’ अङ्ग्रेजी सूक्तिको पद्यानुवादभित्रका नौसय उनान्सौवटा सूक्तिहरूमध्ये केही पद्यहरू नीतिपरक सन्देशसँग सम्बन्धित छन् । राजनीति, धर्म, संस्कार, सस्कृति, मनोविज्ञान, नीति चेतना, व्यवहार, दर्शन, कर्तव्य, समाजसेवा, मानवीय गुण आदिका क्षेत्रमा दिइएको सन्देशका बारेमा चर्चा गर्नु नै यस लेखको मूल मर्म हो । पाश्चात्य विद्वान् अर्थात् अङ्ग्रेजी भाषामा अभिव्यक्त भएका महावाणीहरूलाई नेपाली भाषाका विभिन्न शास्त्रीय छन्दहरूको प्रयोग गरेर पद्यानुवाद गरिएका नीति चेतनासँग सम्बन्धित पद्यहरूको पहिचान र विश्लेषण गर्नु नै यस लेखको मूल उद्देश्य हो । पुस्तकालयमा गई सम्बन्धित व्यक्तिको कृति र तत्सँग सम्बन्धित अङ्ग्रेजी भाषामा अभिव्यक्त महावाणीहरूको पठनविधि प्रयोग गरी बाणीका बान्कीभित्र उल्लेख भएकानीति चेतनाका पक्षलाई पद्य विश्लेषण विधिका आधारमा यो लेख तयार गरिएको छ । वाणीका बान्की सङ्ग्रहभित्रका नीतिपरक पद्यहरूलाई प्राथमिक स्रोतका रूपमा मानिएको छ । नीतिसँगसम्बन्धी उल्लेख भएका विविध सामग्रीहरूलाई सहयोगी सामग्रीका रूपमा अपनाइएको छ । नेतृत्वको पहिचान, दुर्जनको अवस्था, मनोविकार, परोपकार र साधना, असफल नेतृत्व, सहनशीलता र आचरणको महत्व, सत्चिन्तन, जीवन्त जीवन, वाणीमा सत्यता, मानवीय गुणहरू, कर्मयोग, विद्याको महिमा, कुसङ्गतको परिणाम, नैतिक दृष्टान्त, राजनीति, सिर्जनशील व्यक्तित्व, कल्पना शक्ति, अनावश्यक चातुर्यता जस्ता विषयहरूमा संबद्ध सन्देश के कसरी प्रस्तुत भएको छ ? गतिशील एवं समुन्नत समाजको निर्माणमा के कस्ता कार्य हुनु आवश्यक छ ? मानवीय गुणहरूको विकास के कसरी गर्न सकिन्छ ? जस्ता विषयसँग सम्बद्ध पद्यहरूको चर्चा गर्न खोजिएको छ । अनन्त आवश्यकताहरूलाई पूर्ति गर्न भौतिक सम्पन्नतातिर दौडिरहेको मानिसको जीवनपद्धतिलाई सरल तथा सरस बनाउनका निम्ति र स्वाभिमानका साथ जीवन जिउने कलाको विकास गराउने प्रसङ्गहरू उल्लेख गर्दै नीति चेतनाको उजागर गर्ने प्रयत्न गरिएको छ । यी सामग्रीका माध्यमबाट नैतिक चेतनाका बारेमा खोजी गरिएकोले आजको समाजमा नीतिपरक चेतनाको अध्ययन एवं अनुसन्धान गर्ने अनुसन्धाताहरूका लागि पनि प्रस्तुत लेख्य सामग्री जीवनोपयोगी हुने छ ।
['Vaanika Banki' is a poetic translation of English proverbs. Among the 999 proverbs included in this translation, some poems are related to moral messages. This article's main focus is to discuss the messages given in areas such as politics, religion, customs, culture, psychology, ethical consciousness, behavior, philosophy, duty, social service, and human virtues. The primary objective of this article is to identify and analyze the poems related to ethical consciousness that have been translated into Nepali using various classical meters. The article is prepared based on the poetic analysis method, by reading the related works and the significant English expressions mentioned in 'Vaanika Banki'. The ethical poems within the 'Vaanika Banki' collection are considered primary sources, while various materials related to ethics are adopted as supportive materials. The article discusses topics such as the identification of leadership, the state of villains, mental disorders, philanthropy and practice, failed leadership, the importance of tolerance and behavior, right thinking, vibrant life, truthfulness in speech, human virtues, the glory of education, consequences of bad company, moral anecdotes, politics, creative personality, power of imagination, and unnecessary cleverness. It explores how these messages are presented, what kind of actions are necessary for building a dynamic and advanced society, and how human virtues can be developed. Efforts have been made to highlight ethical consciousness by mentioning aspects that simplify and enrich life, and foster a dignified way of living. As this article investigates ethical consciousness through these materials, it will be useful for researchers studying moral awareness in today's society.]
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 International Research Journal of MMC (IRJMMC)
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.