कवि राजाको ‘तङसिङ’ मा वक्रोक्ति

Authors

  • Khil Prasad Baral Makawanpur Multiple Campus, Hetauda

DOI:

https://doi.org/10.3126/irjmmc.v5i3.68520

Keywords:

पदपूर्वार्द्ध वक्रता , रूढिवैचित्र्य वक्रता, वक्रोक्ति सिद्धान्त, वर्णविन्यास वक्रता

Abstract

एघारौँ शताब्दीका आचार्य कुन्तकले प्रतिपादन गरेको वक्रोक्तिसिद्धान्त पूर्वीय साहित्यशास्त्रका प्रमुख सिद्धान्तमध्ये एक हो । पूर्ववर्ती आचार्यहरूका काव्यमान्यतासमेतलाई समेटेको यस सिद्धान्तमा कुन्तकले वक्रोक्तिका विभिन्न छ भेद तथा तिनका उपभेदहरूको चर्चा गरेका छन् । उनले प्रस्तुत गरेका वक्रोक्तिका छ भेदहरूमध्ये वर्णविन्यास वक्रता र पदपूर्वार्द्ध वक्रताका केही भेदका आधारमा सुप्रसिद्ध भारतीय नेपाली कवि राजाको ‘तङसिङ’ सङ्ग्रहका कविताहरूको अध्ययन विश्लेषण गर्नु यस अनुसन्धानको उद्देश्य रहेको छ । यसका लागि सर्वप्रथम वक्रोक्ति सिद्धान्तको सङ्क्षिप्त सैद्धान्तिक चर्चा गर्दै सम्बन्धित कवितामा विभिन्न प्रकारका वक्रताको प्रगोग कसरी भएको छ भन्ने सन्दर्भलाई स्पष्ट पार्न उक्त कविता सङ्ग्रहका अंशलाई उदाहरणका रूपमा प्रस्तुत गरी तिनमा पाइने वक्रताको अध्ययन विश्लेषण गरिएको छ । पुस्तकालय अध्ययनबाट प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीको प्रयोग गरी वर्णनात्मक पद्धतिअनुसार विवेच्य सामग्रीहरूको विश्लेषण गरिएको यो अध्ययन मूलतः निगमनात्मक पद्धतिमा आधारित छ । यस अध्ययनका लागि सामग्री सङ्कलन गर्न उद्देश्यमूलक नमुना छनोट पद्धतिको प्रयोग गरिएको छ  । यो नितान्त गुणात्मक प्रकृतिको अध्ययन हो । यस अध्ययनबाट कवि राजाका कवितामा वक्रताको सफल र सार्थक प्रयोग भएको र यस्तो प्रयोगबाट उनका कविताहरू विशिष्ट बनेको निष्कर्ष निकालिएको छ । भविष्यमा वक्रोक्ति सिद्धान्तका आधारमा विभिन्न विधाका साहित्यिक कृतिहरूको अध्ययन विश्लेषण गर्नेहरूका लागि यो लेख महत्त्वपूर्ण सन्दर्भ बन्न सक्ने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.

Author Biography

Khil Prasad Baral, Makawanpur Multiple Campus, Hetauda

Lecturer of Nepali

Downloads

Published

2024-08-07

How to Cite

Baral, K. P. (2024). कवि राजाको ‘तङसिङ’ मा वक्रोक्ति. International Research Journal of MMC (IRJMMC), 5(3), 149–160. https://doi.org/10.3126/irjmmc.v5i3.68520

Issue

Section

Articles

Most read articles by the same author(s)