अदुवा कथामा लोकप्रिय संस्कृति (Popular Culture in 'Aduwa' Story)

Authors

  • Maya Aryal Upadhyaya

DOI:

https://doi.org/10.3126/irjmmc.v7i1.93009

Keywords:

क्रियाकलाप, भावुक, लोकप्रिय, सम्प्रेषण, संयोग

Abstract

‘अदुवा’ कथा दुर्गा कार्कीद्वारा लिखित कुमारी प्रश्नहरू कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो । प्रस्तुत अनुसन्धानात्मक लेख दुर्गा कार्कीको ‘अदुवा’ कथामा अन्तनिर्हित लोकप्रिय संस्कृतिको विश्लेषणमा आधारित रहेको छ । दुर्गा कार्कीको अदुवा कथामा अन्तनिर्हित लोकप्रिय संस्कृतिको अध्ययन प्रस्तुत शोधकार्यको प्राज्ञिक विषय हो । प्रस्तुत अध्ययनमा अनुसन्धान विधिको महत्त्वपूर्ण भूमिका रहेको छ । यसले वैज्ञानिक र व्यवस्थित अध्ययनका लागि आवश्यक चरणहरू उपलब्ध गराएर निष्कर्षसम्म पुग्नका लागि मार्गदर्शन गरेको छ । यस अध्ययनका लागि सामग्रीको स्रोत, सामग्री सङ्कलनको विधि र तरिका र सामग्री विश्लेषणको विधि र तरिका शोधविधिका रूपमा अवलम्बन गरिएको छ । प्रस्तुत अनुसन्धानात्मक लेखमा सामग्री सङ्कलनको स्रोत दुर्गा कार्कीको कुमारी प्रश्नहरू कथासङ्ग्रहमा सङ्ग्रहित ‘अदुवा’ कथालाई अध्ययनीय सामग्रीका रूपमा लिइएको छ । प्रस्तुत अनुसन्धानात्मक लेखको शोधविधि अन्तर्गत सामग्री सङ्कलन प्राथमिक र द्वितीयक विधिबाट गरिएको छ भने सामग्री विश्लेषणका लागि गुणात्मक विधिको प्रयोग गरिएको छ । यस अनुसन्धानात्मक लेखको प्राज्ञिक समस्याको समाधान र निर्धारित उद्देश्यहरू पूरा गर्नका निम्ति सामग्री सङ्कलन पुस्तकालयीय कार्यबाट चयन गरिएको छ । ‘अदुवा’ कथामा प्रयुक्त पात्रहरू, तिनको पृष्ठभूमि र परिवेश, आपसी अन्तरक्रिया, सांस्कृतिक जीवनपद्धति र मूल्य एवम् समस्यालाई उद्घाटन गर्ने विभिन्न पक्षहरूको प्रतिनिधित्व गर्ने साक्षीका रूपमा विविध सूचकहरूलाई उद्देश्यमूलक ढङ्गले प्राथमिक सामग्रीका रूपमा सङ्कलन गरिएको छ । यसरी सङ्कलित सामग्रीहरूबाट प्राप्त तथ्याङ्कको विश्लेषण र मूल्याङ्कन गरी सामान्यीकृत निष्कर्षसम्म पुग्नका लागि विभिन्न सैद्धान्तिक र प्रायोगिक समालोचनाका ग्रन्थहरूबाट द्वितीयक सामग्रीको सङ्कलन गरिएको छ । प्रस्तुत लेखमा सामग्री विश्लेषणात्मकका लागि गुणात्मक विधिको प्रयोग गरिएको छ । लोकप्रिय संस्कृति भनेको सामान्य मानव समूहको संस्कृति भन्ने बुझिन्छ । ‘अदुवा’ कथा विभिन्न दृष्टिकोणबाट सबल रहे पनि यस लेखमा भने लोकप्रिय संस्कृतिको कोणबाट अध्ययन, विश्लेषण गरिएको छ । लोकप्रिय संस्कृतिको सैद्धान्तिक पर्याधारका दृष्टिकोणबाट अध्ययन, विश्लेषण गरी विश्लेष्य कथा संयोग, यात्रा, भावुक प्रेम र क्रियाकलापजस्ता दृष्टिकोणबाट दुर्गा कार्कीको कुमारी प्रश्नहरू कथासङ्ग्रहमा अवस्थित ‘अदुवा’ कथाको विश्लेषण गरिएको छ । यसक्रममा लोकप्रिय संस्कृतिका आधारमा प्रस्तुत कथाले नवीनतमता प्राप्त गरी विशिष्ट बनेको कुरा कथामा प्रस्तुत लोकप्रिय संस्कृति नै यस कथाको प्राप्ति हो भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.

References

1. एटम, नेत्र (२०८१).लोकप्रिय संस्कृति र साहित्यिक समालोचना. काठमाडौँ: तन्नेरी पत्रिका ।

2. एटम, नेत्र (२०८२). वाङ्मय. कीर्तिपुरः अनुसन्धान व्यवस्थापक समिति, नेपाली केन्द्रिय विभाग, त्रिभुवन विश्वविद्यालय, V0l.22, No. (1) = पृ. 67-79.

3. उप्रेती,सञ्जीव (२०७८,पाँचौं सं.). सिद्धान्तका कुरा. काठमाडौँः बुक–हिल पब्लिकेसन प्रा. लि. ।

4. कार्की, दुर्गा (२०२०). कुमारी प्रश्नहरूः काठमाडौँ, पब्लिकेसन नेपा–लय, कालिकास्थान ।

5. गिरी, अमर (२०७०), सांस्कृतिक अध्ययनका सैद्धान्तिक आधार र अवधारणा, भृकुटी. लिखत पाण्डे (सम्पा.), भाग–१९, पृ.११–४६

6. घर्ती, दुर्गा (२०८१). सांस्कृतिक अध्ययनः काठमाडौँ, इन्डिगो इन्क प्रा. लि., अद्वैतमार्ग ।

7. दाहाल, ऋषिकेश (२०७०), नेपालमा साइबर संस्कृति, भृकुटी. लिखत पाण्डे (सम्पा.), भाग, १९, पृ. ७६–८२ ।

8. थापा, अशोक (२०२५).लाइट बाल्ने केटो र शुटिङ रिपोर्ट कथामा लोकप्रिय संस्कृति SAHAYATRA (सहयात्रा). V0l.8 (1), वर्ष ८ (१), May 2025 18-24 ।

9. पाण्डेय, मैनेजर (सन् २०२३, तृ.सं.). साहित्य और समाजशाश्त्रीय दृष्टि. हरियाणा: आधार प्रकाशन प्राइवेट लिमिटेड ।

10. पाण्डे, ताराकान्त (२०७८, दो.सं., पृ.५९), माक्र्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र, ललितपुरः साझा प्रकाशन ।

11. ब्रेख्त, वर्तोल्ट (२०७६,दो.सं.).लोकप्रिय र यथार्थवादी सौन्दर्यचिन्तन.(सम्पा. र अनु.निनु चापागाईँ). ललितपुरः साझा प्रकाशन, पृ.२१९–२२६ ।

12. बराल, ऋषिराज (२०७७).नेपाली समाजको बदलिँदो स्वरूप, यथार्थ र प्रतिबिम्बनः ललितपुर, साझा प्रकाशन, पृ.२९६–३४७ ।

13. भट्टराई, रमेशप्रसाद(२०७८ पुनःमुद्रण). सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भः काठमाडाँ, बागबजार भुँडीपुराण ।

14. विष्ट, मोहनबहादुर (२०८२). नारायण वाग्लेका उपन्यासमा लोकप्रिय संस्कृति. (अप्रकाशित दर्शनाचार्य–विद्यावारिधि शोधप्रबन्ध). कीर्तिपुर: त्रिभुवन विश्वविद्यालय ।

15. Banerjee, kathakali (2023). The relation between popular culture and popular fiction. Journal of Humanities and Social Sciences, 28 (8), pp1-3.

16. Storey, john (2024). Cultural theory and popular Culture: An introduction. (10th ed). London: Rutledge.

Downloads

Published

2026-03-31

Issue

Section

Articles

How to Cite

अदुवा कथामा लोकप्रिय संस्कृति (Popular Culture in ’Aduwa’ Story). (2026). International Research Journal of MMC (IRJMMC), 7(1), 135-145. https://doi.org/10.3126/irjmmc.v7i1.93009

Similar Articles

11-20 of 26

You may also start an advanced similarity search for this article.

Most read articles by the same author(s)