कुण्डलिनी शक्ति, जागरण विधि एवम् शरीरमा पर्ने प्रभाव र त्यसको व्यवस्थापन (Kundalini Energy, Awakening Methods, Its Effects on the Body, and Its Management)
DOI:
https://doi.org/10.3126/irjmmc.v7i1.93166Keywords:
कुण्डलिनी, ऊर्जा, आध्यात्मिकता, स्वास्थ्य, जागरूकता, Kundalini, Energy, Spirituality, Wellness, AwakeningAbstract
यस लेखको मुख्य उद्देश्य भनेको कुण्डलिनी शक्ति, जागरण विधि र यसको शरीरमा पर्ने प्रभावहरूलाई विस्तृत रुपमा विश्लेषण गर्नु हो । योग र आयुर्वेद परम्परामा कुण्डलिनी शक्तिलाई महत्वपूर्ण मानिएको छ, जसले आत्मिक उन्नति र शारीरिक स्वास्थ्यमा अभिवृद्धि गर्न मद्दत गर्दछ। यस अध्ययनले विभिन्न धार्मिक ग्रंथहरू, योग शिक्षण प्रणालीहरू र अनुसन्धानात्मक स्रोतहरूलाई अध्ययन र विश्लेषण गरेर यसबाट प्राप्त जानकारीलाई संकलन गरेको छ । यसको माध्यमबाट, कुण्डलिनी जागरणका विविध विधि, ती विधिहरूले शरीरमा पुर्याउने प्रभाव, र त्यसको व्यवस्थापन सम्बन्धि विस्तृत विवरण प्रस्तुत गरिएको छ। मुख्य रूपमा, लेखले देखाएको छ कि कुण्डलिनी शक्ति जागरणले शारीरिक र मानसिक स्तरमा धेरै सकारात्मक प्रभाव पार्छ, जस्तै ऊर्जा प्रवाह, चित्तको सन्तुलन, र ध्यान शक्तिमा वृद्धि। यो लेख अनुसार यसप्रकारको अभ्यासलाई सुरक्षित र प्रभावकारी तरिकाले गर्न आवश्यक छ र विशेषज्ञको मार्गदर्शन अनिवार्य हुन्छ। यस अध्ययनले स्पष्ट रूपमा देखाएको छ कि उचित विधि र व्यवस्थापनका माध्यमबाट कुण्डलिनी शक्ति जागरणले जीवनमा समग्र उन्नति/परिवर्तन ल्याउन सक्छ । निष्कर्षमा, अनुसन्धान र अनुभवलाई आधार मान्दै, योग अभ्यासकहरूले सावधानीपूर्वक र जिम्मेवारीका साथ कुण्डलिनी शक्ति जागरण प्रक्रियालाई अभ्यस्त बनाउनु आवश्यक छ ।
[The main objective of this article is to analyze the practice of Kundalini energy awakening, its effects on the body, and its management. As background, Kundalini energy is considered significant within yogic and Ayurvedic traditions, as it helps in spiritual advancement and enhances physical health. The study consolidates information obtained through the examination and analysis of various religious texts, yoga teachings, and research sources. It provides a detailed account of different methods for awakening Kundalini, the impacts of these practices on the body, and guidelines for proper management. The key findings indicate that the awakening of Kundalini energy has numerous positive effects on both physical and mental levels, such as increased energy flow, mental balance, and enhanced concentration. The study emphasizes that such practices should be performed safely under expert guidance. Ultimately, it concludes that with appropriate technique and management, Kundalini awakening can lead to holistic improvement in life. The article recommends that practitioners approach this process carefully and responsibly, based on ongoing research and experience.]
Downloads
References
1. अथर्ववेद संहिता। (बिना मिति)। अथर्ववेद, काण्ड १०, सूक्त २, मन्त्र ३१।
2. आचार्य बालकृष्ण (डिसेम्बर २०१४)। आयुर्वेद सिद्धान्त रहस्य । दिव्य प्रकाशन । पेज ८५
3. कोर्नेइ, जे. एस., र ल्यूक, डी. (२०२१) । स्वतः हुने आध्यात्मिक जागरणहरू: अनुभूतिविज्ञान, परिवर्तित अवस्थाहरू, व्यक्तिगत भिन्नताहरू, र कल्याण। फ्रन्टियर्स इन साइकोलोजी, १२। https://doi.org/10.3389/fpsyg.2021.720579
4. ग्रेसन, बी. (१९९३) । मृत्यु-नजिकका अनुभवहरूको सिन्ड्रोम। धर्म र स्वास्थ्य पत्रिका, ३२(४), २७७–२९०।
5. जुनजुनवाला, एस., शर्मा, एस., खेदार, एस. पी., र कटारिया, डी. (२०२३) । कुण्डलिनी जागरण र मानसिक विकार: मनोविकार सम्बन्धी अभिव्यक्तिहरू अन्वेषण गर्ने एक केस शृङ्खला। जर्नल अफ एड्भान्स्ड रिसर्च इन साइकोलोजी एन्ड साइकोथेरापी, ६(१), १०–१३।
6. म्याक्सवेल, आर. डब्ल्यू., र कट्याल, एस. (२०२२) । तान्त्रिक योग ध्यानको समयमा कुण्डलिनी-सँग सम्बन्धित संवेदनात्मक, मोटर, र भावनात्मक अनुभवहरूको विशेषताहरू। फ्रन्टियर्स इन साइकोलोजी, १३।https://doi.org/10.3389/fpsyg.2022.863091
7. वुलाकट, एम. एच., केसन, वाई., र पार्क, आर. डी. (२०२१) । आध्यात्मिक रूपमा रूपान्तरणकारी अनुभवहरू – कुण्डलिनी जागरण – को अनुभूतिविज्ञान, शारीरिक प्रक्रिया, र प्रभावहरूको अनुसन्धान। एक्सप्लोर, १७(६), ५२५–५३४।https://doi.org/10.1016/j.explore.2020.07.005
8. शर्मा, एम., धनखर, एम., र कुमार, डी. (२०२२) । मानसिक रोगको रूपमा प्रस्तुत हुने कुण्डलिनी चक्रहरूको जागरण—एक केस प्रतिवेदन। इन्डियन जर्नल अफ साइकोलोजिकल मेडिसिन, ४४(५), ५२६–५२८।https://doi.org/10.1177/02537176221082936
9. स्वामी रामदेव (मई २०१५)। प्राणायाम रहस्य । दिव्य योग मन्दिर, पञ्जाली योगपीठ हरिद्वार । पेज नं. ११७।
Downloads
Published
Issue
Section
License
Copyright (c) 2026 International Research Journal of MMC (IRJMMC)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.


